मन्त्रिपरिषद् बैठकः भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (इएमएस)को महसुसल पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.