देशभर बर्षा र हिमपात, चिसो बढ्ने क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह

क्षीकाठमाडौं- हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम ३ दशमलव रहेको छ भने अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.