काठमाडौंका विभिन्न ठाउँमा किन विद्युत् अवरोध ?
‘जाडोका कारण माग अत्यधिक भएकाले ट्रान्सफर्मर पड्किएर समस्या भएको हो’

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा २४ घण्टादेखि विद्युत् अवरोध भइरहेको छ । जाडोको समयमा विजुली गएपछि सर्वसाधारणलाई झन् कठीन भएको छ ।
बुधबार बिहानदेखि काठमाडौंका दर्जन बढी ठाउँमा विद्युत् अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने जाडोका कारण माग अत्यधिक भएकाले ट्रान्सफर्मर पड्किएर समस्या भएको जानकारी दिनुभयो । ‘हिजो बिहानदेखि माग अत्यधिक रह्यो,’ नेपालटीभीअनलाइन डट कम सँग भट्टराईले भन्नुभयो, ‘कतै ट्रान्सफर्मर पड्किको छ, कतै एस सी सी आर कण्डक्टर ड्यामेज भएको छ ।’
भट्टराईले सम्बन्धित शाखाहरुले गएराति पनि रातभर मर्मत गरेको जानकारी दिनुभयो । ‘जाडोले ओभरलोड थेग्न नसेको हो । विभिन्न शाखाहरु आफ्नो क्षेत्रमा काम गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्