आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदै
काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट शनिबार विधान पारित हुँदैछ ।
कमलादीको प्रज्ञा भवनमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गको बन्दसत्रमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो ।
नेता देवप्रसाद गुरुङले आज विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ दिनुभएपछि मस्यौदा पारित गर्ने कार्यसूची रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विधान मस्यौदा माथि उठेका जिज्ञासालाई कसरी समेटेर जवाफ दिने भन्ने विषयमा छलफल गर्न अहिले स्थायी समिति बैठक जारी रहेको छ ।
यद्यपि, विधान मस्यौदा पारित गर्नका लागि विहान ११ बजेबाट बन्दसत्र सुरु हुने उहाँले बताउनुभयो ।
माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्