माओवादी केन्द्रको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं- नेकपा माओवादी केन्द्रको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिले बन्दसत्रको प्रस्तावअनुसार निर्वाचन तालिका परिवर्तन गरेको हो । नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा गराउनुभएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
निर्वचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार सर्वसहमती नभएमा संशोधित निर्वाचन कार्यक्रम अनुसार आज २ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३:४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ ।
उम्मेदवारको अन्तिम नामावली ५:४५ बजे प्रकाशन गरिनेछ । निर्वाचन समितिका अनुसार आज साँझ ६:२५ बजेदेखि १०:२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्