धेरै शुल्क माग गर्ने मेडिकल कलेजलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं- चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा धेरै शुल्क माग गर्ने मेडिकल कलेजहरुलाई कानुन बमोजिमका कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशाशन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कतिपय मेडिकल कलेजले आयोगले तोकेको भन्दा धेरै शुल्क उठाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयहरुले कारबाहीको प्रकृया अघि बढाएका छन् । कलेजले अतिरिक्त शुल्क माग गरेको बारे लिखित उजुरी आएमा ठगी अर्न्तर्गत मुद्दा चलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

सो कार्यालयले मोरङका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार पनि गरेको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.