टेलिभिजन कर्मचारी संघको मतदान सकियो, मतगणना आजै

काठमाडौं– नेपाल टेलिभिजन कर्मचारी संघको नयाँ कार्य समिति चयनका लागि मतदान सकिएको छ ।
२१७ मतदातामध्ये २१६ जनाको मत खसेको निर्वाचन समितिले जनाएको छ ।
संघको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष गोपालप्रसाद दाहाल र महासचिव सुरेन्द्र आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
इटहरी र कोहलपुर प्रसारण केन्द्रबाट मतपेटिका काठमाडौं आएलगत्तै आज साँझदेखि नै मतगणना हुने भएको छ ।
कोहलपुर प्रसारण केन्द्रमा १६ र इटहरी प्रसारण केन्द्रमा १८ जना मतदाता छन् । विभिन्न प्रसारण केन्द्रहरुबाट काठमाडौँ, कोहलपुर र इटहरी जहाँ पाएक पर्छ त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्