नेपाल टेलिभिजन कर्मचारी संघमा पुनः दाहाल

काठमाडौं– नेपाल टेलिभिजन कर्मचारी संघको अध्यक्षमा पुनः गोपालप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।
संघको शुक्रबार भएको अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । दाहालले १४० मत पाउँदा सुरेन्द्र आचार्यले ७२ मत पाउनुभयो । आचार्य निवर्तमान महासचिवसमेत हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा आलोककुमार तिवारी, समावेशी उपाध्यक्षमा राजमान तामाङ, महासचिवमा शिव पङ्गेनी, सचिवमा प्रद्युम्न मिश्र, कोषाध्यक्षमा जमुनादेवी भट्टराई निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा सरिता तिम्सिना र कल्पना शर्मा, तहविहीन सदस्यमा देवेन्द्रप्रसाद फुयाल, समावेशी सदस्यमा जीवन तामाङ, सदस्यहरुमा श्रीराम विष्ट, मदनकृष्ण श्रेष्ठ, रोविन शर्मा दाहाल र सरोज महर्जन निर्वाचित हुनुभयो ।
बराबर मत आएपछि सदस्यद्वय रामकुमार थापाले पहिलो कार्यकाल र विद्याकान्त पण्डितले दोस्रो कार्यकाल बाँड्नुभएको छ ।
संघका २१७ मतदातामध्ये एक जना अनुपस्थित रहनुभयो । मतदान भएको २१६ मत नै सदर भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्