चीनको तियानजिनमा ४८ घण्टामै १ करोड ४० लाखको कोभिड परीक्षण

बेइजिङ– चीनको तियानजिन सहरमा एउटा समूहमा कोभिडको संक्रमण देखिएपछि ४८ घण्टाभित्र १ करोड ४० लाख मानिसको कोभिड परीक्षण गरिएको छ।
सो शहरका बासिन्दालाई परीक्षण रिपोर्ट नआउन्जेल घरमै बस्न आग्रह गरिएको छ। नेगेटिभ रिपोर्ट भएकालाई मात्र सार्वजनिक यातायातका साधन प्रयोग गर्न दिइनेछ।
२० जनामा कोभिड देखिएकोमा तीमध्ये २ जनामा सजिलै सर्ने कडा खालको ओमिक्रोन संक्रमण देखिएको छ। चीनले कोभिडविरुद्द शून्य नीति अपनाएर समुदायबाट कोभिड उन्मूलन गर्ने नीति लिएको छ।






प्रतिक्रिया राख्नुहोस्