आजदेखि काठमाडौँ उपत्यकामा बालबालिकाहरुलाई खोप दिन शुरु
काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
आजबाट काठमाण्डौँ उपत्यकाका तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाकाहरुका लागि खोप अभियान संचालन गरिएको हो ।
काठमाण्डौ ललितपुर र भक्तपुरमा फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशका कतिपय जिल्लामा भने यसअघि नै बालबालिकाका लागि खोप लगाउन शुरु भैसकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्