अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
नेपाललाई कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बस्नुभएको गौतमले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्