यू-ट्युबमा हेरेर कालिज पालनका लागि २० लाख लगानी

रोल्पा- रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युटुबमा हेरेर प्रभावित भएका एक युवाको व्यक्तिगत लगानीबाट जिल्लामा नयाँ व्यवसायका रुपमा कालिज पालन व्यवसाय सुरु गरेका हुन्।

रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले गत केहि महिना अघि युटुबमा कालिज पालनको बारेमा भिडिओ देखे । जिल्लामै केहि नयाँ व्यवसाय गर्ने सोँच बनाइरहनुभएका रोकाका लागि उक्त भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो ।

फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाँडामा लिएर करिब २० लाख लगानीमा कालिज पालन व्यवसाय सुरु गरेको रोकाले बताए । ‘खोर निर्माण, चल्ला खरिद, जग्गा भाडा गरेर २० लाख बढी लगानी भइसक्यो’ रोकाले भने ‘अझै थप लगानीकै क्रममा छ ।’

हाल व्यक्तिगत लगानी मात्रै रहेको यो व्यवसायमा केहि अनुदान पाए हेचरी मेसिन लिएर कालिजको चल्ला यहि उत्पादन गर्ने रोकाको योजना छ ।

जिल्लामै पहिलो पटक सुरु भएको कालिज पालनलाई थप विस्तार गर्न कुनै कार्यक्रम नभए पनि नयाँ व्यवसाय भएकाले केहि अनुदान सहयोग गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख सुकई प्रसाद चौधरीको भनाई छ ।

प्रदेश सरकारबाट प्रत्येक स्थानीय तहमा कुनै नयाँ किसिमको काम गरेका कृषकलाई अनुदान दिने कार्यक्रम रहेकाले रोकालाई सोही अनुदान दिन सकिने चौधरीले बताए । ‘स्थानीय तहसँगको सहकार्यमा दिने भएकाले यहाँका मेयरसँग कुरा गरेर उक्त कार्यक्रमबाट उहाँलाई सहयोग गर्न सकिन्छ’ चौधरीले भने ‘त्यसका लागि रोल्पा नगरपालिकाका मेयरसँग सल्लाह गर्दैछौं ।’

कालिजको मासु स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । तर यसको लागत अनुसार मूल्य केही महङ्गो पर्ने भएकाले जिल्लामा कम खपत हुने अनुमान गरिएको छ । रोकाले एउटा कालिजलाई दुई हजारका दरले विक्रि गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.