पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

एकै दिनमा यति संख्यामा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रमित संख्या हो ।

१८ हजार ७८ जनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ जनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्पिटामा थपिएका संक्रमितमध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.