प्रतिष्ठान प्रदेशमा २३० पत्रकार सङ्क्रमित

काठमाडौं- नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ ।

कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य मणि दाहाल र रामकृष्ण अधिकारी, निवर्तमान अध्यक्ष शेखर अधिकारीसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु सङ्क्रमित हुनुभएको छ ।

प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरी अहिलेसम्म उक्त संख्यामा पत्रकार सङ्क्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही शाखा र सञ्चार गृहको विवरण आउनेक्रम जारी छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.