प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने
सम्बोधन आज दिउँसो ३ बजे

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको यो सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी नियन्त्रणका लागि सरकारी प्रयास र सरकार गठन भएपछि भए गरेका कामका बारेमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुहुने सचिवालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्