आज देशैभरका अदालत बन्द

काठमाडौं– सर्वोच्च अदालत लगायत देशभरीका सबै तहका अदालत आज बन्द रहेको छ ।

सर्वोच्चको हिजो बसेको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिएको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.