महाथिर मोहमद तेस्रो पटक अस्पतालमा भर्ना

क्वालालाम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ ।
पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताउनुभयो । उहाँ ९६ वर्षको हुनुहुन्छ । महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ ।
यसैबीच मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्व हुनुहुन्छ ।
उहाँले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गर्नुभएको र दुई पटक गरी २४ वर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसक्नुभएको छ । उहाँलाई मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्