कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना नयाँ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं-  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  १६ हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ५४७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मुलुकमा हालसम्म ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै पछिल्लो २४ घण्टामा एक लाख १९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.