संविधान सभा सदस्य थापाको निधन
काठमाडौं– संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ ।
थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ मृर्गौला समस्याबाट पीडित हुनुहुन्थ्यो ।
२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापाले अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुहुन्थ्यो ।
डा. थापाका श्रीमती र एक छोरा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्