नेपाल टेलिभिजन ३८ औं वर्षमा प्रवेश

काठमाडौं– नेपाल टेलिभिजन स्थापना भएको ३७ वर्ष पूरा भइ आजदेखि ३८ वर्षमा प्रवेश गरेको छ ।

२०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन देशको सबैभन्दा पहिलो टेलिभिजन पनि हो । २०४२ साल पुस १२ गते संस्थानमा परिणत भएको नेपाल टेलिभिजनले २०४२ सालकै पुस १४ गतेदेखि नियमित प्रसारण सुरु गरेको हो ।

२०५८ सालदेखि भू-उपग्रह मार्फत आफ्नो प्रसारण जोडेको नेपाल टेलिभिजनले मूलतः समाचार, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रका विषयवस्तुको प्रसारणलाई प्राथमिकता दिंदै आएको छ । देशको विभिन्न कालखण्डमा घटेका घटना र राजनीतिक आन्दोलनको एक साक्षीका रुपमा पनि नेपाल टेलिभिजन रही आएको छ ।

२०४६ सालको जन आन्दोलन होस् अथवा ६२र६३ को दोश्रो जनसंघर्ष वा संविधानसभाको निर्वाचन, नेपाल टेलिभिजनले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्ने आफ्नो राष्ट्रिय विशिष्ट दायित्वलाई गहन रुपमा निर्वाह गरेको इतिहास छ । ५ हजार ६४४ मिटर अग्लो ठाउँ सगरमाथाको काखमा अवस्थित कालापत्थरमा बसेको मन्त्रिपरिषदको बैठक र चितवनमा भएको तत्कालीन माओवादी लडाकु शिविर हस्तन्तरण जस्त अति महत्वपूर्ण घटनालाई नेपाल टेलिभिजनले सफलतापुर्वक प्रत्यक्ष प्रसारण गरेको छ ।

हाल नेपाल टेलिभिजनले आफ्ना ५ वटै च्यानललाई एच डि प्रविधि मार्फत देशको ७२ प्रतिशत जनसंख्यामा र ५२ प्रतिशत भूगोल पहुँच विस्तार गर्न सफल भएको छ । यसैगरी विश्वका १४० भन्दा बढी मुलुकमा यसको प्रसारण देख्न सकिन्छ ।

स्थानीय जनताको सरोकारलाई प्राथमिकता दिई प्रसारण गर्न प्रादेशिक च्यानलहरु स्थापनाका साथै २१ वटा रिले स्टेशन मार्फत भू(सतही मार्फत पनि प्रसारण पहुँचलाई निरन्तरता दिंदै आएको छ । यसवर्ष कोरोना महामारीका कारण आफ्नो स्थापनाको दिनलाई नेपाल टेलिभिजनले भर्चुअल माध्यमबाट मनाउँदैछ । यसक्रममा आज बिहान ११ बजेपछि भर्चुअल विशेष कार्यक्रम प्रत्यक्ष प्रसारण ५ वटै च्यानलवाट गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.