नेपाल टेलिभिजनलाई प्रधानमन्त्रीको शुभकामना, समयानुकूल र प्रतिस्पर्धी बन्न सुझाव
काठमाडौं– नेपाल टेलिभिजनले आफ्नो ३७ औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले समय अनुसार परिस्कृत र प्रतिस्पर्धी भएर अझ अव्बल बन्दै अघि बढ्न शुभकामना दिनुभएको छ ।
नेपाल टेलिभिजनले ३७ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपालको विभिन्न कालखण्डको सामाजिक र राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको टेलिभिजनले समयानुकूल प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी बन्नु आवाश्यक भएको बताउनुभयो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विविधतामा एकताको राष्ट्रिय भावनालाई विकास गरेको टेलिभिजनले सबै क्षेत्र समान प्राथमिकतामा राखेर विषयवस्तुको निर्माण र प्रसारण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले राष्ट्रिय दायित्वका साथै व्यावसायिक क्षमता पनि देखाउनु पर्ने एनटिभीले दर्शकको रुचि र चाहना अनुसारका कार्यक्रम उत्पादन र प्रसारणमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा पहिलो टेलिभिजन च्यानलका रुपमा प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका काठमाडौं उपत्यका भित्र ३ र काठमाडौं उपत्यका वाहिर २ वटा च्यानल सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्