२४ घण्टामा संक्रमित ५२९२, ८१९१ डिस्चार्ज, ८ जनाको मृत्यु
काठमाडौं– नेपालमा गत २४ घण्टामा ५२९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभर १६ हजार ८८ मा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ८१९१ जना निको भएर डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्