२४ घण्टामा ५५८३ संक्रमित, ८२६७ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा ५५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनामा गरिएको नमूना परीक्षणमा ५५८३ जनामा संक्रमण पुष्ट भएको हो ।

२४ घण्टामा ८२६७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ रहेको छ ।

उपत्यकाका काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.