प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा विष्ट नियुक्त

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गर्नुभएको छ ।

विष्टलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहसचिव सरहको सेवा सुविधा दिने गरी उहाँलाई विज्ञमा नियुक्त गरिएको हो ।

विष्टले कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विनको नेतृत्व गर्नुभएको थियो ।

विष्ट डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को पूर्वमहासचिव हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.