भण्डारीको नेतृत्वमा उपभोक्ता जागरण अभियान
काठमाडौं– कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को नेतृत्वमा उपभोक्ता जागरण अभियान–नेपाल संस्था स्थापना भएको छ ।
भण्डारीको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहित दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सहसचिवमा बद्रिविशाल घिमिरे, कोषाध्यक्षमा केशवप्रसाद चौलागाईं र सदस्यहरुमा लक्ष्मण थापा, रामबाबु दाहाल रहनुभएको छ ।
स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको बताउँदै अभियानले वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार संरक्षण गर्ने जनाएको छ ।
समितिमा पूर्व प्रशासक, सञ्चारकर्मी, कानूनविद, साहित्यकार, बैंकर्स, सामाजिक कार्यकर्ता रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्