प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो।

भेटमा प्रचण्ड र नेपालसँग प्रधामन्त्री देउवाले स्थानीय निर्वाचन, अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायत समसामायिक राजनीतिक विषयमा छलफल गर्नुभएको उहाँले बताउनुभयो। यसअघि मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिनुभएको थियो।

आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाटले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचन मिति तोक्ने बताउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.