हुम्लामा हिमपात भएसँगै हवाई सेवा प्रभावित

हुम्ला– बिहानदेखि हुम्लामा हिमपात भएसँगै हवाई सेवा प्रभावित भएको छ ।

राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको एक मात्रै हवाई सेवा हो । हिमपात भएपछि नेपालगन्ज ,सुर्खेत बाट नियमित उडान भर्दै आएका निजि क्षेत्रका तारा,समिट,सीता एयरलाइन्सका उडान समेत प्रभावित भएको छ । चिसो अत्यधिक बढेर माइनस १८ पुगेको छ ।

हिमपातले चिसो अत्याधिक भएसँगै सरकारी तथा गैसरकारी कार्यालयमा कार्यरत कर्मचारी लाई काम गर्न समेत मुस्किक भएको सदरमुकाम सिमकोट बजार क्षेत्र स्थानीयहरू फाटफुट रूपमा आवतजावत देखिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.