३२ मिटर लामो साँघुरो इनारमा खसेका ५ वर्षीय बालकको उद्दारको प्रयास जारी

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए ।

इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर रायन नाम गरेका ती बालकसम्म पुग्ने प्रयास गरिरहेका छन् ।

उद्दार कार्यका लागि ५ वटा बुलडोजरको प्रयोग गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । इनार खन्ने काम तीब्र गतिमा भइरहेको बताइएको छ ।

साँघुरो इनार बनाउनु पर्ने भएकाले काम केही ढिलो भएको बताइएको छ । बालकसम्म पुग्नका लागि बनाइएको नयाँ इनार १९ मिटर खनिसकिएको बताइएको छ ।

इनारमा खसेका बालकको सिसिटिभी क्यामेराबाट निगरानी गरिराखिएको छ । उनका लागि आवश्यक पानी र अक्सिन पाइप मार्फत् पठाइएको छ ।

बालकलाई उद्दार गर्ने वित्तिकै उपचारका लागि नजिकैको अस्पताल लैजानका लागि घटनास्थलमा हेलिकप्टर सहितको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.