२४ घण्टामा थपिए २५२६ संक्रमित, ८४२५ संक्रमणमुक्त

काठमाडौं- शुक्रबार देशभर २ हजार ५ सय २६ कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ७३ जनाको कोभिड परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

आज १६ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमित ५६ हजार ४५७ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.