काठमाडौं महानगरपालिकाले फाइजरको दोस्रो डोज दिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४:०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि महानगरपालिकाले ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

सूचना अनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ । खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.