प्रदेश नम्बर १ मा मन्त्रिपरिषद् विस्तार

विराटनगर– प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

आइतवार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराउनु भयो ।

मुख्यमन्त्री राई नेतृत्वको ६ सदस्यि मन्त्रिपरिषद विस्तार भएपछि १४ सदस्य भएको छ । पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री सहित १३ जना मन्त्री र एक जना राज्यमन्त्री रहनु भएको छ । प्रदेश सरकारले मन्त्रिपरिषद विस्तारका लागि कार्यविभाजन नियमावली संशोधन गरी ७ वटा मन्त्रालयलाई टुक्राएर १३ वटा मन्त्रालय बनाएको छ ।

सपथग्रहण कार्यक्रममा सभामुख, प्रदेश सांसदहरु, प्रमुख सचिव, सचिव तथा उच्चपदस्थ कर्मचारीहरुका साथै सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.