१३८६ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

९ हजार २ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख ६८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना निको भएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.