बुटवलमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, दुईजना गम्भिर घाइते

रुपन्देही- रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छ्न् ।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल १३ का २९ बर्षिय सविन चौधरी, बुटवल १३ कै २८ वर्षिया गोविन्द चौधरी र २७ बर्षका नविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बुटवल १२ का अनिस जिसि र बुटवल १३ का भागिरथ चौधरी घाईते भएका छन् । उनिहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा रोकिरहेको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको हो । ट्रक चालक फरार रहेका छन् । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.