जीवन धान्न धौ भएपछि बस्ती नै खाली गरेर विदेशिन्छन धादिङ क्युङ्गका स्थानीय

धादिङ- दैनिक जिविका चलाउनका लागि कामको खोजीमा मानिसहरुले गाउँ छाड्न थालेपछि उत्तरी धादिङको विकट क्युङ्गको दुई वटा बस्ती थली र गोरगाङ्ग गाउँ नै खाली भएको छ ।

आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि सो क्षेत्रका स्थानीयहरु भारतको हिमाञ्चल प्रदेशमा कामका लागि गएका छन ।

कामका लागि गएपनि बेलाबेलामा घर फर्कने गरेका उनीहरु पटक पटक देखा परेको कोरोना संक्रमणका कारण अहिले भने भारतबाट आवत जावतमा समेत समस्या हुने गरेपछि  समस्यामा परेका छन् ।

विकासका कुनैपनि पुर्वाधारहरु पुग्न नसकेको सो गाउँमा मानिसहरु अहिले पनि खाद्यान्नको अभाव झेलिरहेका छन् ।

खाद्यान्नको निकै अभाव झेल्दै आएका सो क्षेत्रका स्थानीयहरुले आफ्नो गाँउ ठाँउको माटो र हावापानी सुहाउँदो खेतीपातीमा सहयोग गर्न सम्वन्धित  निकायसँग माग गरेपनि उनीहरुको मागको कुनै सुनुवाइ भएको छैन ।

कृषि मात्रै मुख्य आम्दनीको श्रोत भएको सो क्षेत्रका स्थानीयहरुले उत्पादित कृषि जन्य बस्तुहरुले जीवन निर्वाहसमेत आफ्नै ठाउँमा बसेर गर्न नसकेको जनप्रतिनिधिहरुको भनाइ छ ।

जिल्लाको विकट मध्य एक मानिने क्युङ्गमा अहिलेसम्म विकासको कुनै पनि पुर्वाधारले छोएको छैन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.