न्याय परिषद्को बैठक स्थगित

काठमाडौं- न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएको हुनाले बैठक स्थगित भएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.