रसियासँग जोडिएको पाइपलाइन बन्द गर्ने अमेरिकी राष्ट्रपति जो वाइडेनको चेतावनी

मस्कोले युक्रेनमाथि कब्जा जमाउन खोजे आफ्नो देशको रसियासँग जोडिएको पाइपलाइन बन्द गर्ने अमेरीकी राष्ट्रपति जो वाइडेनले चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेन र जर्मन चान्सलर ओलाफ स्कोल्जको वासिङ्गटनमा भएको संयुक्त पत्रकार सम्मेलनमा वाइडनले जर्मन चान्सलर ओलाफलाई पनि जर्मन पाइपलाइन बन्द गर्न आग्रह गर्नुभयो । अमेरिका र जर्मन नेताको संयुक्त पत्रकार सम्मेलन फ्रान्सका राष्ट्रपति म्याक्रोनको रसिया भ्रमण पछि आएको हो ।

पश्चिमा राष्ट्रहरुलाई पछिल्लो समय मस्कोले युक्रेनमाथि कब्जा जमाउन सक्ने आशंका छ । यद्यपि मस्कोले सो आशंकाको विरोध गरिसकेको छ । यतिबेला युक्रेन र मस्कोको सिमामा रुसका करिब १ लाख सेना तैनाथ छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.