खोलामा काठे पुल नहुँदा स्थानीयलाई समस्या

धादिङ- गाउँसम्म पुग्नका लागि पैदल जाँदा पनि ठाँउ ठाँउमा पर्ने खोला र खोल्सामा पुल नभएकोले गर्दा खनियाँवास गाउँपालिकाको विकट वस्ति क्युङ्गका स्थानीयहरुलाई  आवत जावत गर्नै समस्या हुने गरेको छ ।

सदरमुकाम लगाएत अन्यत्र आवत जावत गर्न काठे पुलको भर पर्दै आएका सो क्षेत्रका स्थानीयहरु हरेक वर्ष खहरेमा आउने बाढीले काठे पुल भत्काइदिने गरेपछि समस्यामा परेका हुन ।

खहरे खोला र खोल्सामा पुल नभएका कारण वर्षको तीन महिना त एक गाँउबाट आर्को गाँउमा आवत जावत गर्न पनि नसक्ने स्थानीयको भनाइ छ ।

सडक, पुल र बाटो बनाई दिने भन्दै गत स्थानीय निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिवद्धता जनाएपनि अहिलेसम्म कुनै विकास निर्माणका पुर्वाधार नबनेको उनीहरुको दुखेसो छ ।

अहिले क्युङ्गसम्म पुग्नका लागि तर्नु पर्ने खहरे खोलामा पुल निर्माण गरिदिनु पर्ने माग स्थानीयले गरेका छन ।

क्युङ्गसम्म पुग्नका लागि तर्नुपर्ने दर्जनौं खोला र खहरे मध्ये अहिलेसम्म जम्मा एउटा मात्र झोलुङ्गे पुल निर्माण भएको छ । अन्यत्र सबै स्थानमा काठे पुल नै खोला तर्ने मुख्य माध्यम बन्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.