भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई
भारतमा नक्साइटहरुले गर्ने गरेको हिंसामा पछिल्लो वर्ष उल्लेख्य मात्रामा कमी आएको हालै सार्वजनिक गरिएको एक रिपोर्टमा जनाइएको छ । यहाँ गएको १२ वर्षमा गत वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो ।
भारतको केन्द्रीय गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । सो प्रतिवेदनमा सन् २००९ मा २ हजार २५८ जनाको नक्सलाइट हिंसाका कारण ज्यान गएकामा त्यसमा गत वर्ष ७७ प्रतिशतले कमी आएको छ ।
गत वर्ष यस हिंसामा परी ५०९ जना मात्र नागरिकको ज्यान गएको पाइएको छ । भारतको केन्द्रीय गृह राज्यमन्त्री नित्यादन्द रायले संसदमा बुधबार दिनुभएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।
उहाँले पहिलेका वर्षहरुमा नक्सलाईट आन्दोलन भारतका ९६ जिल्लमा रहेकामा अघिल्लो वर्षसम्म आउँदा यो संख्या घटेर ४६ जिल्लामा सीमित रहेको पनि जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्