कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ ।

कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलवार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबिच पार्टी केन्द्रीय कार्यालयमा र बुधवार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबिच आन्तरिक छलफल भएको थियो ।

कांग्रेसले माघ १४ गते पार्टीका महत्त्वपूर्ण कामकारबाही सञ्चालनका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.