माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरेको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सरकारले फागुन १ गतेसम्म २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले बैठक स्थगित भएको हो।

संसद बैठक, एमसीसीको विषयमा छलफल गर्नुपर्ने हुँदा बैठक अनिश्चित समयका लागि स्थगित भएको उहाँको भनाइ छ। प्रतिनिधिसभाको बैठक फागुन २ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.