कांग्रेस कार्यसम्पादन समिति बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाबारे छलफल

काठमाडौं- कांग्रेस कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाबारे छलफल भएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयका प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के.सी., उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.