म्यानमारको सैनिक सरकारको एक बर्ष, ८०० भन्दा बढी कैदी रिहा

म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक बर्ष पूरा भएको छ । सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिबार आममाफीको घोषणा गरेको छ । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो । म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको बर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएकोे छ ।

जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गर्नुभएको राज्य सञ्चालित सञ्चार माध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् ।

जुन्टा प्रवक्ता जाउ मिन टुनले एएफपीसँग भन्नुभयो, म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी र विभिन्न जातीय समूहहरूबीच बेलायती शासनबाट स्वतन्त्र बर्मा संघ गठन गर्ने सम्झौताको सम्झनामा म्यानमारले एक दिन बार्षिक विदा दिने र स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

सरकारले स्वतन्त्रता दिवसका एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका अर्थशास्त्रका प्राध्यापक निजामती नेता आङ सान सुचीको सल्लाहकारको रूपमा काम गरिरहेका अस्ट्रेलियाली शिक्षाविद् शन टर्नेललाई रिहा गर्नेछ वा थुनामा नै राख्ने छ भन्नेबारे उहाँले खुलाउनुभएन । गत फेब्रुअरीर्मा सैनिक सरकारले उहाँलाई पदबाट हटाएको केही दिनपछि उहाँ पक्राउ पर्नुभएको थियो ।

उहाँलाई म्यानमारको आधिकारिक गोप्य कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ र दोषी प्रमाणित गरिएमा उहाँलाई अधिकतम १४ वर्षको जेल सजाय दिनसक्ने कानुनी प्रावधान छ ।

प्रियजनहरूसँग पुनर्मिलन हुने आशामा शनिबार बिहान याङ्गोनको इनसिन जेलबाहिर लगभग १०० जना मानिसहरू भेला भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

यसैबीच स्थानीय समयको मध्याह्नतिर चारवटा मिनीबसहरूमा चढी जेलबाट बाहिरिएका थिए । यद्यपि आफन्तसँग पुनः मिलनको सपना लिँदै जेलसम्म पुगेका मानिसहरूको भीडले उनीहरूलाई तत्काल भेट्न भने पाएनन् । आफन्तहरूले नातेदारहरूको नाम रहेको प्लाकार्ड हल्लाउँदा भित्रका मानिसहरूले आफूहरू त्यहाँ रहेको सङ्केतमात्र गरेका देखिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.