प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो , अर्को बैठक फागुन ४ गते बस्ने

काठमाडौं- प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।

संसद सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गरी बैठक यही फागुन ४ गतेको लागि सरेको जनाएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी तय भएको उल्लेख गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा विशेष कारणवश संसद बैठकको मिति सार्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.