२४ घण्टामा थपिए ५२१ संक्रमित थपिए

काठमाडौं– नेपालमा कोभिड १९ बाट संक्रमित ५२१ जना थपिएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार १ सय १५ जनामा गरिएको परीक्षणमा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

२४ घण्टामा ३९३५ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२५८४ रहेको छ ।

उपत्यकामा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.