फेरि ब्युँतियो राप्रपा नेपाल, अध्यक्षमा कमल थापा

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल पुनः अस्तित्वमा आएको छ ।

राप्रपाको दुई महिनाअघि भएको महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि तीन दिनअघि मात्र थापाले पार्टी परित्याग गर्नुभएको थियो । महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपले आफू राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएको थापाको जिकिर छ ।

२०७३ सालमा राप्रपा एक भएपछि लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा थापालाई नै बुझाइएको हो । औपचारिक घोषणा भने फागुन ७ गते काठमाडौंमा हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

२०६२/६३ को जनआन्दोलनपछि गठन भएको राप्रपा नेपालले २०६४ र ७० सालमा भएको निर्वाचनमा संविधानसभामा प्रतिनिधित्व गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.