हिउँ खेल्न गएका २ जना युवा मृत फेला
गोरखा- हिउँ खेल्ने क्रममा वेपत्ता भएका गोरखा बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रा स्थित डाँडाको खोचमा हिजो उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।
हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला भन्ने सञ्जय घले र वडा नम्वर २ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरु सम्पर्कविहीन थिए ।
२३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य शुरु गरेको थियो . खोजी गर्दै जाने क्रममा आइतबार साँझ करिव पाँच बजे उनीहरु मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।
उनीहरुको शव खोचबाट बाहिर निकालिएको र थप अनुसन्धानका लागी जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली पठाइएको उहाले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्