काँग्रेसले डाक्यो संसदीय दलको बैठक
काठमाडौँ- नेपाली काँग्रेसले भोलि संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरराणा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
भोलि विहान ९ बजे ससद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा सो पार्टीको संसदीय दलको बैठक बस्ने जनाइएको छ ।
नेपाली काँग्रेसले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्