नेपाली काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्वरमा

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक अहिले जारी छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बसेको हो ।

सत्ता साझेदार दलमध्ये तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि यसै बिषयमा छलफल गर्न बैठक बसेको हो ।

महाअभियोग प्रस्ताव पारित हुन प्रतिनिधि सभाका दुई तिहाई  सांसदको आवश्यकता पर्दछ ।

यसका साथै पछिल्लो समय पेचिलो बन्दै गएको एमसिसी पनि आजको छलफलको विषय बन्ने काँग्रेसले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.