एमसिसी टेबुल गर्ने विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच छलफल
काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबुल गर्ने विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेताहरुबीच एमसीसी र महाअभियोगविरुद्ध राष्ट्रिय सहमति जुटाउने विषयमा छलफल भएको हो ।
सभामुखले सोमबार बोलाएको बैठकपछि नेताहरु एमसीसी अगाडि बढाउन सकारात्मक देखिएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्