मनहरीमा सामुदायिक आँखा केन्द्र

हेटौंडा– मनहरी गाउँपालिकाको आर्थिक सहयोग र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग एवम् योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरियाबाट प्राप्त उपकरणहरुको सहायोगमा सञ्चालित सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सयुंक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा मनहरी र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिक रुपमा सञ्चालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिक रुपमा सञ्चालन गर्न लागिएको हो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीज्यूले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

नेपला आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणको लागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्च सिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताउनु भयो । तिलगंगा आंखा कार्यक्रममा प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष्ँ ठाकुर तितुङ लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.